२१ असोज २०७८, बिहिवार
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए । ‘यसमा दावी विरोध गर्न सकिन्छ । हामी छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौ’, गुरुङले रातोपाटीसँग भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्धी कानुनले पनि त्यहीँ भन्छ ।’ नेता गुरुङले पार्टीले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको पनि बताए ।
‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’, गुरुङको भनाइ छ । तर एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उहाँहरुको दावी नपुग्ने बताए । ‘पहिलो कुरा हँसिया हथौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँसिया हथौडा त होइन । दोस्रो कुरा हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा हो’, पौडेलले भने, ‘हाम्रो पनि त्यहीँ हो। त्यसैले उहाँहरुको दावी मिल्दैन ।’
एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो । एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
- admin
- २०७८ आश्विन २१, बिहीबार ११:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया