१८ असोज २०७८, सोमवार
नेकपा एमालेले कार्यकाल बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा अहिले जनप्रतिनिधिहरूको भेला भइरहेको छ । एमालेले कार्यकाल सकिन करीब ६ महिना बाँकी रहेका जनप्रतिनिधिको भेला बोलाएको हो ।
एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको अवसर पारेर भेला बोलाइएको हो । एमालेले विधान महाधिवेशनमा एमालेको टिकटमा निर्वाचन जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखलाई पनि सहभागिताको लागि बोलाएको थियो ।
भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । अहिले भने नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् ।
असोज १५ देखि १७ सम्म चलेको एमालेको विधान महाधिवेशनले आगामी निर्वाचनमा पनि एमालेलाई ठूलो दल बनाउने र अधिकतम स्थानीय तहमा निर्वाचन जित्ने कार्यदिशा पारित गरेको छ ।
अहिले पनि स्थानीय तहमा एमाले पहिलो दल नै हो । आगामी निर्वाचनमा पनि स्थानीय, प्रदेश र संघीय सरकारमा पनि एमालेको वर्चश्व कायम गर्ने कार्यनीति एमालेले विधान महाधिवेशनबाट पारित गरेको छ । त्यसैको तयारीको लागि एमालेले जनप्रतिनिधिहरूको भेला बोलाएको बताइएको छ ।
- admin
- २०७८ आश्विन १८, सोमबार १२:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया