रोटरी क्लव अफ भैरहवाको ९१औं नियमित बैठक क्लवका अध्यक्ष सञ्जीव शर्मा,रेग्मीको अध्यक्षतामा भैरहवामा शनिवार सम्पन्न भयो ।
क्लवले आयमुखी क्रियाकलाप सञ्चालनका लागि सामजिक एवम् वातावरण अभियन्ता दल बहादुर गुरुङको सहयोगमा अम्रिसो र आम्दानीको बाटो सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । सो कार्यक्रममा गुरुङले अम्रिसोको बजार,यसको बजारीकरण र यसबाट हुन सक्ने आम्दानीका सन्दर्भमा प्रस्तुतीकरण दिएका थिए । अम्रिसो र आम्दानी विषयको अभिमुखीकरण कार्यक्रमपछि क्लवका राजु न्यौपाने र शिवहरि शर्माले थप जिज्ञासा राखेका थिए ।
रोटरी क्लव अफ भैरहवाले समुदायमा रहेका बेरोजगार तथा स्वरोजगार हुन इच्छुक व्यक्तिहरुलाई जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोले अम्रिसोबाट समेत थप आम्दानी गर्न सकिने भएकोले सो विषयका जानकार दल बहादुर गुरुङसंग समन्वय र सहकार्य गरी क्लव अघि बढ्न चाहेको क्लवका सर्भिस कमिटीका संयोजक उमेश आचार्यले बताए । आफ्नो क्लव सामाजिक विकासका लागि तल्लीन रहेको हुँदा यस्ता आयमुखी कार्यक्रमहरु समुदाय केन्द्रीत गर्ने क्लव अध्यक्ष सञ्जीव शर्मा,रेग्मीले समेत बताए ।
कार्यक्रममा क्लवका गतिविधिहरु सम्बन्धी क्लवका पवन पौडेल,संगम न्यौपाने लगायतले जानकारी गराएका थिए भने कवि मीन रानाले कविता समेत वाचन गरेका थिए ।
- admin
- २०७५ भाद्र ३०, शनिबार १६:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया