
–दल बहादुर गुरुङ
नगर कार्यपालिकाका कार्यविभाजन र कार्यसम्पादन नियमावली २०७४ सम्बन्धी छलफल कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भयो । काठमाण्डौं विश्वविद्यालय स्कूल अफ ल को आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा जनप्रतिनिधिहरु,कानुनका जानकारहरु र नागरिक समाजका अगुवाहरुको विशेष उपस्थिति रहेको थियो ।
कानुविद् एवम् काठमाण्डौं विश्वविद्यालय स्कूल अफ ल का डीन प्राध्यापक डाक्टर विपीन अधिकारीले प्रदेश सरकार समन्वयकर्ताका रुपमा रहेकोले डमरुको संज्ञा दिदै उनले भने यसले मिडवाइफरीको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने–स्थानीय सरकारले बनाएको ऐन,कानून,कार्यविधि फेल भएमा संघीय एवम् प्रदेश सरकार नै फेल हुने भएको हुँदा स्थानीय सरकारले बनाउने कानून विधिसम्मत् एवम् कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिए । साथै उनले प्रहरी र पावर नभई नेता बन्न नसकिने भएकोले प्रदेश सरकारले पहिले आफूलाई चाहिने कानून बनाउन पहल गर्नुमा जोड दिए ।
सोही छलफल कार्यक्रममा प्राध्यापक डा.गणेशदत्त भट्टले अन्तर सरकार सम्बन्धलाई दीगो बनाउन सकिएन भने तीन तहको सरकार धरापमा पर्ने उल्लेख गर्दै यदि देशमा कुनैपनि किसिमका बाह्य हस्तक्षेप भएनन् भने नेपाल सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्न कुनै कठिनाई नहुने बताए ।
उक्त छलफल कार्यक्रममा प्रदेश सभा सदस्य माननीय वसन्त घर्तिमगरले नेपालको संघीय मोडेल संसारकै नमूना भएकोमा जोड दिदैं आम नागरिकका अपेक्षा र आशंक उस्तै बढी भएकाले केही निराशा आउनुलाई अन्यथा लिन नहुने बताए । प्रदेश सरकारलाई कामकाजी र समन्वयकारी सरकारको रुपमा विकास गराउन आफूहरु लागिपरेको बताए ।
सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदीले आफूहरुले फेसबुकमा राख्नका लागि नभई कानूनसम्मत् विवादरहित स्थानीय ऐन,विनियम र कार्यविधिहरु बनाउँदै गएको र प्रदेश एवम् संघीय सरकारले त्यसको क्रमबद्धतालाई समेत आधार बनाउन सकेमा आफूहरुले बनाएको ऐनले साकार पाउन सक्ने बताए । उनले भने–स्थानीय कानून बनाउनका लागि सबै जनप्रतिनिधिहरु र कानुनका जानकारहरुसंग आफूहरुले समन्वय र सहकार्य गरेका छौं तर त्यो पर्याप्त भने छैन ।
आफूहरुले बनाएको शिक्षा ऐनकै कारण मुद्दा झेल्नु परेको भन्दै स्थानीय सरकारलाई कानून अधिकृतको व्यवस्था र सल्लाहकारको आवश्यक रहेको सैनामैना नगरपालिकाकी उपमेयर बीना रानाले बताइन् । सोही शिलशिलमा सिद्धार्थनगरपालिकाकी उपमेयर उमा काफ्लेले सन्तुलन र नियन्त्रणको ऐन नआउँदासम्म आफूहरुलाई कठिनाई हुने बताइन् ।
कार्यक्रममा तिलोत्तमा नपा १६ नम्बरका वडाध्यक्ष छविलाल भुसाल,कानुनका जानकारहरु बाबुराम पाण्डेय,महेन्द्र पाण्डेय र सञ्चारकर्मी दल बहादुर गुरुङ समेतले सम्बन्धित विषयमा आफ्ना विचारहरु राखेका थिए ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया