२७ साउन २०७८, बुधवार
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । कालीमाटी गाउँपालिका–४ चम्बुताराबाट स्थानीयको घर ढलानमा प्रयोग गरिएको मिक्स्चर बोकेर पुतलीबजार आउँदै गरेको रा१त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा कालीमाटी गाउँपालिका–३ का १९ वर्षीय टेक्टर चालक खुमबहादुर ओली र मिक्स्चरका सहयोगी २० वर्षीय यज्ञबहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
उनका अनुसार मिक्स्चर चालक कालीमाटी–३ का जंगबहादुर श्रीस मगर, सहचालक वर्ष १७ का कमल विक र सहयोगी वर्ष २० का खुमबहादुर बस्नेत गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको छ ।
घाइतेहरूको स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । ट्याक्टर सडकबाट तल खसेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
- admin
- २०७८ श्रावण २७, बुधबार १०:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया