२४ साउन २०७८, आइतवार
जिल्लाको विकट साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् ।
साईपाल गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जंगविर बोहराले वडा नम्बर ३ मा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र अध्यनरत विद्यार्थीलाई पोषाक वितरण गर्नुभएको हो ।
वडा अध्यक्ष बोहराले आफुले खाईपाई आएको पारिश्रमिक बाट झण्डै ३ लाख मूल्य बराबरका पोशाक विद्यार्थीहरु र शिक्षकलाई हस्तान्त्रण गरेको काँडा माविका प्रधानाध्यापक उज्वल बोहराले जानकारी दिनुभयो ।
विद्यालयमा अध्यनरत ११६ जना छात्र, १२९ जना छात्रा गरी जम्मा २४५ विद्यार्थी र १६ जना शिक्षकहरुलाई पोशाक वितरण गरीएको उहाँले बताउनुभयो ।
शिक्षकसँगै विद्यार्थीहरुले नयाँ पोषाक पाएपछि खुसी भएका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालीकाहरुलाई ठुलो सहयोग पुगेको यहाँका अभिभावकहरुले बताएका छन् ।
विषेश गरी अनाथ बालबालिकाहरुलाई शिक्षामा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ आफुले खाईपाई आएको पारिश्रमिकबाट पोषाक हस्तान्तरण गरेको अध्यक्ष बोहराले बताउनुभयो ।
- admin
- २०७८ श्रावण २४, आईतवार १२:३७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया