EXCLUSIVE :प्रदेश नं.५ को आवधिक योजना २०७६।०७७–०८०।०८१ तर्जुमा सम्बन्धी पूर्व तयारी
admin
२०७५ भाद्र १४, बिहीबार १५:४६
प्रदेश सरकारको आवधिक योजना तर्जुमा २०७६।०७७–०८०।०८१ तर्जुमा सम्बन्धी पूर्व तयारी गोष्ठी आज भदौ १४ गते बुटवलमा सम्पन्न भयो । गोष्ठीमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो– निर्वाहमुखी उत्पादन प्रणालीमा रहेको कृषिलाई व्यवसायिकरण गरी बजारसंग जोड्न ध्यान दिदैछौं । हाम्रो रणनीति भनेको कृषिको व्यवसायिक विकास गरी कृषिमा रहेका बहुसंख्यकलाई बाहिर निकाल्ने हो । र, गैरकृषि क्षेत्रमा लगााउने हो । –प्रदेश सरकारले पूर्णरुपमा काम गर्न थाल्दा नागरिकले प्रदेश सरकार शक्तिशाली भएको अनुभूति गर्नेछन् । दुई वर्षपछि नेपालको संघीयतामा प्रदेश नै जनताको आकांक्षा पूरा गर्ने प्रमुख सरकार भएको पुष्टि हुने छ । –यो प्रदेशको समृद्धिबाट नै राष्ट बनाउने हो । राष्टिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कण्डेलले भन्नुभयो– केही प्रदेशले योजना आयोग नै बनाएका छैनन्, बनाएकाहरुले पनि भर्खर काम थाल्दैछन् । यो प्रदेश आवधिक योजना निर्माणका साथै अरु काममा धेरै अघि बढेको पाइयो । प्रदेश योजना आयोगलाई राष्टिय योजना आयोग आवश्यक सहयोग गर्नृ तयार छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले अवधारणापत्र प्रस्तुत गर्नुभयो । प्रमुख सचिव डा. तिर्थ ढकालले योजना दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा पूर्व तयारी गोष्ठी आयोजना गरेको बताउनु भयो । गोष्ठीमा सहभागी विभिन्न क्षेत्रका महानुभावहरुले महत्वपूर्ण सुझाव दिनुभयो ।
प्रतिक्रिया