तिलोत्तमा नगरपालिका ३, शंकरनगर,
१२ श्रावण २०७५
सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था लि. ले आफनो स्थापनाको रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने कार्यक्रम अनुसार आज मिति २०७५ भाद्र ९ गतेका दिन वुटवल ११, देविनगर स्थीत नेपाल अपाङ्ग आश्रमलाई जिन्सी तथा खाद्यान्न सहयोग वितरण गरेको छ ।
संस्थाका अध्यक्ष श्री चूडामणि खरेलको अध्यक्ष्ँता उक्त कार्यक्रममा स्वागत कार्यक्रमका संयोजक संचालक श्री केशवराज न्यौपानेले गर्नुभएको थियो भने संचालन संस्थाका उपाध्यक्ष श्री रुद्र प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल अपाङ्ग आश्रम वुटवल ११ का अध्यक्ष श्री डोलवहादुर रामदामले संस्थाको सामाजिक कामको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री चूडामणि खरेलले संस्थाले प्रत्येक वर्ष कम्तिमा ३ वटा सामाजिक काम गर्दै आएकोमा यस वर्ष रजत वर्षको अवसर समेत परेकाले सामाजिक क्षेत्रमा अझ वढि योगदान गर्ने जानकारी
गराउनु भएको थियो ।
करीव २ अर्वको सम्पत्ति रहेको यो सहकारीमा ६ हजार ५ सय सदस्य रहेका छन् भने यो सहकारी प्रदेश नं. ५ को सवैभन्दा ठूलो र उत्कृष्ठ सहकारीको रुपमा परिचित रहेको छ ।
-ईश्वरी मरासिनी
प्रतिक्रिया