बुटवलको गोलपार्कमा रहेको सुविधा सम्पन्न होटल एभी न्यूले दर्शकको मागलाई ध्यानमा राखेर लाइभ तीज महोत्सव गर्ने भएको होटलका सञ्चालक भीमलाल न्यौपानेले बताए ।
उनका अनुसार नेपाली महिलाहरुको विशेष चाडका रुपमा लिइने तीजको सांस्कृतिक एवम् धार्मिक महत्वलाई संरक्षण र सम्वद्र्धनका लागि सो तीज महोत्सव गर्न लागिएको हो ।
तीज महोत्सव भदौ महिनाको १६,२०,२३ र २६ गते गरी चार दिन धुमधामका साथ देशका चर्चित लोक तथा दोहोरी कलाकारका साथै हाँस्यकलाकारहरुको बेजोड प्रस्तुति रहने तीज महोत्सवका संयोजक दामोदर बस्यालले बताए ।
सो तीज महोत्सव मध्यान्हको १२ वजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा चर्चित कलाकारहरु बद्री पंगेनी,पशुपति शर्मा,जमुना राना,रितु थापा,दीपक गरौंजा मगर,दीपु मगर,सपना गाहा,शिलु भट्टराई,अुनराधा घर्ति,प्रिया भण्डारी,खेम सेञ्चुरी,प्रचण्ड बहादुर जीसी, लक्ष्मण खड्का,सीता रानाका साथ हाँस्य कलाकारहरु पुर्खे बा,बान्द्रे र तीखेको समेत विशेष प्रस्तुति रहने छ ।
तीज महोत्सवको मुख्य आयोजकको रुपमा होटल एभी न्यू र अफिसियल मिडियाको रुपमा श्रीनगर अनलाईन मिडिया रहेको छ । सो महोत्सव हेर्न र सुन्नका निम्ति दर्शक÷स्रोताले टिकट लिनु पर्ने छ । टिकट होटलको काउण्टरमा पाइने ब्यवस्था मिलाईएको होटल सञ्चालक न्यौपानेले बताए
- admin
- २०७५ भाद्र ८, शुक्रबार ०२:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया