बुटवल ।
राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ।
राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त भवन आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको छ।
१५ लाखको लागतमा निर्माण भएको भवनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले राउण्ड टेबलले विभिन्न किसिमका सहयोग पु¥याउँदै अत्यन्त रचनात्मक र महत्वपूर्ण काम गरेको बताए।

उनले राउण्ड टेबलले विद्यालयको भवन निर्माण गरेसंगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए। नगरपालिका भित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै दुईकोठे भवन निर्माण गर्नु प्रशसंनीय रहेको प्रजिअ घिमिरेले बताए। उनले हौसला, जोश, जांगर र आंटले नै देश र समाजको विकास गर्न सकिने बताए।
लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष सौरभ अग्रवालले राउण्ड टेबल इन्टरनेशनल डे को अवसर पारेर निर्माणसम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको बताए। उनले राउण्ड टेबल नेपालबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताए।
राउण्ड टेबल इन्टरनेशनल एसिया प्यासिफिक चेयरम्यान सिद्धान्त गुप्ताले राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले उत्कृष्ट कार्य गरेको बताए। राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपाल लुम्बिनी राउण्ड टेबल–१६ को साथमा रहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउण्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउदै आगामि दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गरे।
राउण्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउण्ड टेबल क्लवबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजीक कार्य गरिरहेको बताए। उनले वार्षिक २० हजार विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको बताए।
कार्यक्रम संयोजक अभिषेक बेरिवालको स्वागत तथा विद्यालयका पूर्व प्रधानाध्यापक हेमन्त अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ। २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन्।
- admin
- २०७७ चैत्र ४, बुधबार १६:३१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया