बुटवल , फाल्गुन ।
विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो ।
नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला यही वि।स। २०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन हुदैछ । उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएको प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण भएको कार्यक्रममा वक्ताहरुले बताएका थिए ।
‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति धनुषाद्वारा जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको’ परिषदका एक अधिकारीले बताउनुु भयो ।

कार्यक्रममा प्रमुख अतिथ पुर्व एआईजीपी एवं हिन्दू स्वयंसेवक संघ नेपालका सह–संघचालक श्री कल्याण तिमिल्सिना, विश्व हिन्दू परिषद नेपालका ट्रस्टी श्री ओम प्रकाश सर्राफ, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष संतोष साह लगायत स्थानीय समेत गरी करिब सय जनाको उपस्थिति रहेको थियो ।
- admin
- २०७७ फाल्गुन ९, आईतवार १२:३८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया