सञ्चारिका समूह लुम्बिनीको नवाैँ साधारणसभा सम्पन्न भएको छ । बुटवल -१२ स्थित मिलनपार्कमा एक कार्यक्रमको आयोजना गरी समूहले साधारणसभा तथा वनभाेज गरेको छ ।
साधारण सभामा सम्पूर्ण सञ्चारकर्मी महिलाहरुले पत्रकारिता क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिदैँ समुहमा आबद्ध हुन चाहेका अन्य पत्रकार महिलाहरुलाई पनि सहभागी गराउन आग्रह समेत गरेकी थिईन् ।
संस्थाका सल्लाहकार एवम् सञ्चारिका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले संस्थालाई साझा संस्थाको रुपमा अघि बढाउँदै सक्रियताका साथ लाग्नुपर्ने समेत बताईन् ।
समूहकी सल्लाहकार एवं नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालले समूहले पत्रकार महिलाहरुको लेखन क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गरिनुपर्नेमा जोड दिईन्।उनले समूहले समय समयमा उत्कृष्ट कार्यहरु गरेकोमा प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी थिईन् ।
समूहका अध्यक्ष निरा गौतम निरुले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न संस्थाले तालिम एवम् सचेतनामुलक कार्यक्रमहरु गरिरहेको जानकारी गराईन् । उनले संस्थामा आर्थिक पारर्दर्शिता आवश्यक रहेको उल्लेख गर्दै संस्थालाई आर्थिक रुपमा सबल बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सभामा कार्यबाहक महासचिव मीना पाण्डे अस्मिना ले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै समूहले गरेका कार्य गतिविधीबारे जानकारी गराईन् ।कार्यबाहक कोषाध्यक्ष कल्पना डुम्रेले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् ।
सभा समूहका उपाध्यक्ष मिना ढकालको स्वागत तथा महासचिव बिन्दु थापा निहारीकाको सञ्चालनमा सम्पन्न भएको हो । सभामा समूहका प्रदेश सदस्यद्धय उषाकिरण पन्थ र रेनुका गिरी लगायत ३० जना पत्रकार महिलाहरु सहभागी थिए ।
- admin
- २०७७ फाल्गुन ८, शनिबार २३:१३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया