माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघी मिलन कार्यक्रमको आयोजना गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलाई निम्तो गरिएको छ। माघी र दुई दिन बिदा दिएको छ।


लुम्बिनीमा भोलि बिहीबार र पर्सी शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले वैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ।
माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्दैछ।

माघी पर्व लुम्बिनी प्रदेशको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बुटवलस्थित मन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्र्दै मुख्यमन्त्री पोखरेलले माघी पर्व प्रदेशको साझा पर्व भएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर पर्वमा समेत परेको हुनाले महामारीबाट जोगिएर उल्लाहासका साथ माघी पर्व मनाउन पनि आग्रह गरेका छन् । साथै लुम्बिनी प्रदेश सांस्कृतिक विविधतायुक्त प्रदेश भएको पनि मुख्यमन्त्रीले बताएका छन् ।


कार्यक्रममा विभिन्न ५ प्रकारका सांस्कृतिक झलक समेत प्रस्तुत गरिएको थियो ।

- admin
- २०७७ पुष २९, बुधबार १८:४४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया