बुटवल महिला जेसिजको साताव्यापी कार्यक्रम अन्तर्गत सिद्धेश्वर मावि दिपनगरमा महिला स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल महिला जेसिजको आयोजनामा साउन आईतबार बाट शुरु भएको कार्यक्रमको तेस्रो दिन सिद्धेश्वर माविमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी गराईएको हो । उक्त कार्यक्रममा देवदह मेडिकल कलेजमा कार्यरत डा दिक्षा श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । तेस्रो दिनको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धेश्वर माविका सह प्राचार्य दीनानाथ गिरीले जेसिजको अभियानको प्रशंसा गर्दै विद्यालय स्तरमा अध्ययनरत छात्राहरुले यस्तो जानकारी पाउनु जीवन यापनका लागि सहज हुने र स्वास्थ्य समस्याबाट मुक्ति पाउन सजिलो हुने बताउनुभयो ।
त्यस्तै महिला जेसिजका पूर्व अध्यक्ष तथा सल्लाहकार राजुदेवी खनालले सामाजिक अभियानमा वर्ष २०१८ का साथीहरुले धेरै राम्रो काम गरेको भन्दै यसरी नै आगामी दिनमा महिला जेसिजको नाम उचो पार्ने कार्यक्रम गर्न सुझाउनुभयो । आजको कार्यक्रमका संयोजक रुपा श्रेष्ठ पाठकको स्वागत रहेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै बुटवल महिला जेसिजका अध्यक्ष राधिका पोख्रेलले छात्रा विद्यार्थीहरु लाई लक्षित गरी राखिएको कार्यक्रमको प्रभाव समग्र समाजमै पर्ने भएकाले यस्तो अभियान आफ्नो रोजााईमा परेको बताउनुभयो ।
आफ्नो कार्यकाल अवधिभर सामाजिक क्षेत्रमा गर्न सकिने चेतनामूलक कार्यक्रम गर्ने बताउंदै वहांले महिलाहरुले स्वास्थ्य सम्बन्धि ज्ञान प्राप्त गरेपछि स्वास्थ्यको ख्याल राख्ने र समस्या उत्पन्न भएमा नहिच्किचाई समस्या समाधानमा लाग्ने कुरामा आफू र टीम विश्वस्त रहेको बताउनुभयो । महिला जेसिज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा सदस्य सन्ध्या केसीले जेसिज आस्था पाठ गर्नुभएको थियो । कार्यक्रममा महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल,पूर्व अध्यक्ष मन्जु पराजुली, सहित जेसिजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत आज नयांगाउं मावि, १ गते नवीन औद्योगिक कदर बहादुर रिता मावि मा चेतनामूलक कार्यक्रम सम्पन्न भई २ गते समापन समारोह हुनेछ
- admin
- २०७५ श्रावण ३१, बिहीबार ०७:२३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया