
हामीले बिर्सेका छैनौं ! ती दिनहरूमा प्रचलित एउटा नमिठो शब्द “लोडसेडिङ्ग“लाई । हिजो यो शब्द मात्रै थिएन । यो पीडा दिने निष्पट्ट पटक पटक आउने, दिउँसै हुने अँध्यारो थियो । दिनको पन्ध्र घन्टासम्म बत्ती निभ्ने पीडाबोधि प्रक्रिया थियो त्यो लाडसेडिङ्ग । अँध्यारो युगको हाम्रो अकर्मण्यता थियो । हामी यता त्यो अँध्यारालाई जीवनको अभिन्न आवश्यकता भन्दै हुन्थ्यौं । कछुवा लजाउने गति थियो विद्युत प्राधिकरणको । कहिले पानी कम भएको कुरा सुनाउँथ्यो कहिले विद्युत गृहको मर्मत हुन लामो समय लाग्ने तर्क अघि साथ्र्याे । निराशा र दिक्क बाँडी रहन्थ्यो । हाम्रा बजारहरू उज्यालो आयातका सामानले भरिएका हुन्थे । बिजुलीले चल्ने उद्योग तथा अन्य कारोबारको संकट व्यापक थियो । सेवाग्राही लोडसेडिङ्गको थप मूल्य तिर्न बाध्य थिए । बिदेशी सामान आयात गरेर मालामाल हुन्थे,पहुँचका नाफाखोर व्यापारीहरू । नेपालको लोडसेडिङ्ग अनन्तकालसम्म रहिरहोस् भन्ने कामना गर्थे उनीहरू । चीन र भारतका जेनेरेटर, इन्भर्टर, चार्जेबुल बल्ब लाईट लाल्टिन छ्याप्छ्याप्ती हुन्थे बजारमा ।
कुरा १३ वर्ष अघिको हो । हामी स–परिवार काठमाडांैमा थियौं । बिराटनगरका ईन्जिनियरहरूले चार सेटको सोलार टुकी बनाएर बेच्दै रहेछन । काठमाडौंमा त्यसको मूल्य ५ हजार थियो । आउजाउ गर्नेका हात झिकाएर बाल्न थालियो २०६४ मा । उहिलेदेखि अहिले २०७७ सम्म केही नफेरिकन चलिरहेको छ यो सोलार टुकी । मलाई ती जनमुखी ईन्जिनियरप्रति श्रद्धा लाग्छ मनमा । सिंगो लोडसेडिङ्ग पार गर्दा पनि, नेपाल उज्यालोमा पदार्पण गर्दा पनि ती टुकीको गुन बिर्सनु हुँदैन भन्ने ठान्छ हाम्रो परिवार । ती जनमुखी ईन्जिनियर कता होलान् । अहिले बिजुली खपत नहुने खेर जाने अवस्थामा पनि टुकी बनाउने जस्ता देशलाई कर्मद्वारा माया गर्ने प्रविधिको विकास गर्ने, आफ्नै पौरखले उभिने सानो तर सबैका लागि सधैंका लागि उपयोगी काम गर्ने प्राविधिकको खाँचो महशुस् भएको छ यति बेला ।
हामीले दाउरा बाल्ने युग पार गर्यांै । यसले स्वास्थ्यलाई नोक्सान हुन्छ । वन विनास भएर पर्यावरणलाई नोक्सान हुन्छ भन्यांै । हामी स्टोभ हुँदै एलपी ग्यासमा आयौं । हामी यसरी देशमा विकल्प तयार नगर्दै परनिर्भतातिर लाग्यौं । हाम्राभित्रि चुलासम्म विदेशी ब्यापारी पसे । आफ्नामा नहुने र जरूरी सामान अन्तबाट किन्नु त पर्याे नै । यतिबेला हाम्रो बिजुली फालिने हामीले ईन्डक्शन चुलो नभएर बाहिरबाट ग्याँस किनिरहने कुरा मिल्दो भएन भन्ने मानिसहरूलाई लागेको छ । ग्याँस र विद्युतीय इन्धन लागतको सम्बन्धमा तुलनात्मक अध्ययन पनि भएका छन् । हामी एक्कासी बानी फेर्न सक्दैनांै । ग्याँस सिलिन्डर व्यापारीले जानेर विद्युतीय चुलो (ईन्डक्शन) ल्याउँदैनन् । हाम्रा घरघरमा ईन्डक्शन चुलो चाहिने समयमा मैले ती टुकी बनाउने नेपाली ईन्जिनियरलाई सम्झेको छु । उनीहरू जस्ता जनमुखी ईन्जिनियर तयार हुने हो भने लगानी कर्ता उत्पादक अगाडि सर्ने हो भने सोंच्दा पनि मनले शितलो मान्दो रहेछ ।
रह्यो विद्युतीय चुलो आयात गर्नेे कुरा । त्यो त नेपाली प्राविधिकले हाम्रो क्षमता बाहिरको भनेपछिको अवस्थामा सोंच्ने कुरा हो । बजेट भाषणमा ईन्डक्शनको कुरा आयो । फेरि यसमा भन्सार कर बढाएको चर्चा पनि जोडिएर आयो । यसरी त एलपी ग्याँसलाई क्रमशः विस्थापन कसरी हुन्छ ? भन्ने प्रश्न उठ्यो । लकडाउनले उपभोक्ता आर्थिक मारमा परेका छन् । हाम्रो त सके आफूले बनाउने नत्र विदेशी उत्पादक कम्पनीसँग साझेदारीमा देशमै एसेम्बलिङ गरेर सहुलित मूल्यमा उपभोक्तासम्म पुर्याउने तर्फ सोंच जानुपर्छ । हाम्रो आयातमुखी सोंच मुनाफामुखी हो जनमुखी होइन । सरकार, टेक्नोक्रेटहरू प्राविधिज्ञहरू उद्योगी एवम व्यापारीहरू समेत जनमुखी हुनु जरूरी भएको छ यस्ता सवालमा ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया