
यो प्रश्न सुन्ने बित्तिकै झट्ट एउटै उत्तर आउन सक्छ –दुईटैको । उत्तर दिन हतार छैन । आनन्दले सोच्नुस् । गम्भीर भएर सोच्नुस् । आखिर कसका हुन् त नवजात शिशु !
अनुसन्धानले देखाएको छ कि आमाको गर्भमा भएको तेस्रो हप्तादेखि नै शिशुको दिमागी विकास हुन थाल्छ । आमाले खाने, सोच्ने, भोग्ने, देख्ने सबै कुराहरुले गर्भमा रहेको शिशुलाई प्रभाव गर्दछ । कुनैपनि व्यक्ति कसरी सोच्छ, निर्णय गर्छ र कस्तो व्यवहारको हुन्छ भन्नेसँग त्यो व्यक्तिको बालापनले निकै प्रभाव पार्ने गर्छ । उसो भए यो सोच्न जरुरी छ कि हामी एक व्यक्ति मात्र जन्माउँदै छौँ कि देशको नागरिक ?
देश विकासमा वा समाज विकासमा चाहिने मूलतत्व नै हामी छुटाउँदै आएका छौँ । अहिले विकासको निम्ति धेरै कुराहरुलाई आधार बनाईन्छ । अझ भौतिक पूर्वाधारहरु । ठूल्ठूला भवन बनाउनु मात्र विकास होइन । देश बनाउनलाई सबैभन्दा महत्वपूर्ण विकास त नागरिकमा चेतनाको विकास हो । यो चेतना भन्ने निकै अनौठो कुरो रहेछ । सजिलो पनि तर निकै कठिन फुत्तै नआउने तर आए पछि नमेटिने । घर, परिवार, समाज, विद्यालय सबैले यो चेतना विकासमा सहयोग पुर्याइरहेका हुन्छन् ।
मैले भूमिका बाँध्नुको कारण यहाँहरुलाई बालबालिकातर्फ मोड्नलाई हो । बालबालिकाहरु ओझेलमा परेका छन् । आफ्नो निजी सम्पत्ति झैँ यिनीहरुलाई व्यवहार गरिन्छ । परिवारले,समाजले र देशले किन बिर्सिन्छन–आजका बालबालिका भालिका असल नागरिक हुन् भनेर ? एउटा सिनारियो दिन्छु म । एउटा घरमा बच्चा जन्मिन्छ । परिवारका सबै खुशी हुन्छन् । त्यो बच्चाको जीवनको स्तरोत्तरका लागि पाईला पाईलामा ख्याल राख्छन् । त्यो बालकले सानैदेखि परिवारले आफूलाई दिएको महत्व देख्छ र उसलाई परिवारप्रति केही नभनी जिम्मेवारीबोध हुन्छ । यसरी नै ऊ विद्यालय जान्छ । कुन स्तरको परिवारबाट आएको छ ? त्यो अनुसारका उसका साथी बन्छन् र उसलाई व्यवहार गरिन्छ । कक्षामा पढाउने बेलामा शिक्षकले धनि बच्चालाई छुट्टै, मध्यम वर्गलाई छुटै र जेहेन्दारलाई छुटै राखेर कहाँ पढाउँछन् र ? सबै एउटै कक्षामा त बस्छन् नि भनेर भेदभाव हँुदैन भन्ने तर्क कसैले राख्नु हुन्छ भने आफ्नो विचार माथि पुनःविचार पुर्याउनु मेरो अनुरोध छ ।
वर्गीय, जातीय र लैङ्गिक असमानता बाल्य अवस्थादेखि जेलिएर आएको हुन्छ । नजानिँदो पाराले त्यसको असरहरु किशोर अवस्थामा देखा पर्दछन् । अनि क्रमशः देशको नागरिक बनी सकेपछि त्यहि भिडमा आफूलाई धकेल्न बाध्य हुन्छ । बाल्य अवस्थामा, अझ भनुँ आमाको गर्भमा हुँदादेखि नै ती कलिला दिमागलाई जुन परिस्थितिबाट हुर्काईयो, जे सिकाईयो ठूलो भएपछि उसको निर्णायक क्षमता र चेतनाकोस्तर उसै गरी आकृत हुँदै जान्छ ।
देशलाई कुन दिशातर्फ लैजाने भन्नेसँग देशका नागरिक कस्ता छन् भन्नेमा भर पर्छ । नागरिक कस्ता हुने भन्नेसँग बालबालिकाको र गर्भवती महिलाको मुख्य भूमिका रहन्छ । महाभारतमा उल्लेख गरिए अनुसार अभिमन्यूले चक्रव्यूहको बाटो आमाको गर्भमै हुँदै सुनेका थिए तर निस्कने बाटो, आमा निदाएकाले सुन्न पाएनन् । यस घटनाले शिशुको मानसिक अवस्थामा गर्भवती महिलाको भोगाई, सुनाई र गर्भवती अवस्थामा गरिएको व्यवहारले प्रभाव गर्दछ भन्ने बुझ्नमा आउँछ ।
देशको प्रतिनिधित्व गर्ने सरकारले जबसम्म गर्भवती महिला र बालबालिकाको अधिकार, महत्व, शिक्षा र शारीरिक तथा मानसिक स्वास्थलाई प्राथमिक स्थानमा राख्दैन तबसम्म देशको विकास सम्भव छैन ।
अब फेरि सोच्नुस् नवशिशु परिवारको कि देशको !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया