केपीन नेपाल र श्रीनगर अनलाईन मिडिया,बुटवलले विश्व वन्यजन्तु कोष,नेपालद्वारा प्रदान गरिएको संरक्षण पुरस्कार –२०१८बाट पुरस्कृत संरक्षणकर्मी दल बहादुर गुरुङलाई सोमवार एक कार्यक्रमका बीच बुटवलमा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बुटवल उप–महानगरपालिका वडा नं.११ देवसिद्ध पथका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि युवा उद्यमी एवम् उद्योग वाणिज्य संघ,बुटवलका कार्यसमिति सदस्य सुरज भट्टराईले दल बहादुर गुरुङले वन,वातावरण र जैविक विविधता संरक्षणको क्षेत्रमा पुराएको योगदानको उच्च मूल्यांकन गर्दै दिएको पुरस्कार प्रशंसनीय रहेको बताए । दल बहादुरले वातावरणीय संरक्षण एवम् सेवाका माध्यमबाट सामाजिक एवम् आर्थिक विकासका निम्ति खेलेको भूमिका स्तुति योग्य र सिको गर्न लायक रहेको सुनाए ।

कार्यक्रममा आख्यानकार जंग बहादुर शाहले दल बहादुरले प्राप्त गरेको पुरस्कार उचित मूल्यांकनबाट हासिल रहेको बताउँदै वा,वातावरण र जैविक विविधता संरक्षणको अभियानमा निरन्तर लाग्न समेत अनुरोध गरे ।
दल बहादुरलाई गत शनिवार एक कार्यक्रमका बीच काठमाण्डौंमा प्रहरी निरीक्षक सर्वेन्द्र खनालले पुरस्कृत गरेका थिए ।
केपीन,नेपालका अध्यक्ष निर्मल सिग्देलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन जीवन भुसालले गरेका थिए ।




- admin
- २०७५ जेष्ठ ७, सोमबार १८:५६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया