हार्दिक बधाई तथा शुभकामना
विश्व वन्य जन्तुकोष,नेपालले आफ्नो संस्थाको रजत जन्यन्तीको अवसरमा डब्लूडब्लूएफ संरक्षण पुरस्कार–२०१८ बाट तिनाउ गाउँपालिका–२,दोभान पाल्पाका संरक्षण अभियन्ता दल बहादुर गुरुङलाई प्रदान गर्ने भएको छ ।
उनलाई जेठ ५ गते काठमाण्डौंमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री लगायतले सो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
गुरुङ विगत नौं वर्षदेखि सामुदायिक वन समन्वय समिति,दोभानमा सचिव,महासचिव हुँदै हाल उनी वरिष्ठ उपाध्यक्ष पदमा रहि संरक्षण अभियानमा क्रियाशील छन् ।
सो कोषले जैविक विविधता संरक्षण,वातावरण परिवर्तनमा सचेतना,दीगो विकास,वातावरण शिक्षा,संरक्षणमुखी नीतिगत निर्णय एवम् पैरवी,मिडिया तथा पत्रकारिताका साथै संरक्षणमा युवा शीर्षकमा कार्य गर्नेहरुलाई उक्त संरक्षण पुरस्कार दिन थालेको हो ।
गुरुङले पाल्पाको साविकका दोभान,मस्याम,कचल,कोल्डाँडा,पूर्वी ज्यामिरेमा रहेर वन,वातावरण,जैविक विविधता र चुरे संरक्षणमा महत्वपूर्ण योगदान दिएको हुँदा सो कोषले पुरस्कार प्रदान गर्ने भएको हो । उनले वन,वातावरण,जैविक विविधता एवम् चुरे संरक्षण सम्बन्धी सयौं लेख,रचना,सफलताका कथाहरुका साथै संरक्षणमुखी वृत्तचित्र समेत लेखन गरेका छन् ।
उनलाई नगद पचास हजार रुपैयाँका साथ प्रमाण पत्र प्रदान सम्मान गर्ने कार्यक्रम रहेको सो कोषले जानकारी गराएको छ ।
गुरुङ यस अघि नै खाती प्रतिष्ठान,बुटवलबाट संरक्षण अभियन्ताको रुपमा सम्मानित भइ सकेका छन् । त्यतिमात्र होइन उनले नूरगंगा साहित्य पुरस्कार,छविलाल साहित्य पुरस्कार,बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,बुटवल,सिद्धार्थ साहित्य परिषद् भैरहवा,सिर्जनशील साहित्य समाज,भैरहवा,साहित्य संगम,बुटवल,औद्यागिक ब्यापार मेला,बटवलबाट समेत पुरस्कृत एवम् सम्मानित भई सकेका छन् ।
आस्थाका श्वरहरु,नौं फन्का,चिठ्ठी साहिंलीलाई,हात्ती करायो,नसोध लगायतका पुस्तकहरु प्रकाशनमा छन् । विभिन्न संघसंस्थामा रही सामाजिक गतिविधिमा क्रियाशील गुरुङ निवृत्त सरकारी शिक्षक हुन् ।
सो पुरस्कारबाट पुरस्कृत हुनु हुने संरक्षणकर्मी दल बहादुर गुरुङलाई श्रीनगर अनलाईन मिडिया,बुटवल हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछ ।
- admin
- २०७५ बैशाख २७, बिहीबार ०५:०१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया