काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटको स्वर्ण पदक श्रीलंकाले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पुरुष क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ९ विकेटले हराउँदै स्वर्ण पदक हात पारेको हो।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको श्रीलंका यू–२३ टिमले बंगादेश यू–२३ लाई १५० रनमा रोक्यो। बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको हो। १५१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६.१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।
श्रीलंकाका लागि लासिथ क्रुसपुल र ओपनर पाथम निसंकाले अर्धशतक बनाए। विष्फोटक ब्याटिङ गरेका लासिथले ४१ बलको सामना गर्दै ७३ रन जोडे। उनले ४ छक्का र ७ चौका हिर्काए। त्यस्तै पाथम निसंकाले ६७ रनको योगदान गरे।
बंलादेशका लागि एक मात्र विकेट मेहेदी हसन रानाले लिए। उनले ओपनर निशान मदुष्कालाई क्याच आउट गराए।
यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि यासिर अलीले सर्वाधिक ५१ रन जोडे। त्यस्तै महिदुल स्लाम अंकनले ४४ र जाकिर हसनले २० रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन्।
बंगलादेशलाई मध्यम योगफलमा समेट्न श्रीलंकाका आशिथ फर्नान्डोले २ विकेट लिए। त्यस्तै कभिष्का अन्जुला, जेहान ड्यानिएल र शम्मु असनको नाममा १/१ विकेट रह्यो।
- admin
- २०७६ मंसिर २२, आईतवार ०९:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया