‘आफ्नो व्यवसाय सुरु गरौं र सुधार गरौं’ विषयक १० दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुलाई प्रमुख अतिथिका रुपमा रहेका प्रदेश नं.५ का भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बीच तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरेका छन् ।
उनले भने–देशमा उद्यमशीलताको विकास गरी आर्थिक क्रान्ति गर्नका निम्ति उद्यमी तयार पार्ने खालका प्रशिक्षकहरु तयार पार्नुपर्नेमा जोड दिदैं ज्ञान,सीप र क्षमतालाई ब्यवहारिक बनाउन सकिएमा तालिम उपलब्धिपूर्ण रहने बताए । साथै उनले छिमेकी भारत र चाइनाले द्रूतर रुपमा आर्थिक विकास गरी रहेको वर्तमान अवस्थामा नेपालले संघीय गणतान्त्रिक राज्यको अभ्यास गर्दै आर्थिक विकासमा जोड दिन नीतिहरु,कानूनहरु बनाउन आफूहरु लागी परेको बताए ।
सो कार्यक्रममा युवा ब्यवसायी सुरज भट्टराईले प्रमाण पत्रलाई प्रयोग गर्न सकिएमा देशमा केही नयाँ प्रगति हुन सक्ने बताउँदै व्यसायीहरुले नै देशको मुहार फेर्दै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने बताए ।
तालिमको मुख्य प्रशिक्षकका रुपमा नेपाल औद्योगिक विकास प्रतिष्ठान,त्रिपुरेश्वरका मास्टर प्रशिक्षक अमीर लामा रहेका थिए । २० जिल्लाबाट तालिममा ३२ जना सहभागीहरुले सार्थक सहभागिता जनाएका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुका तर्फबाट निरु घर्ति,सुशील घिमिरे र मीना खत्रीले तालिमबाट सिकेका अनुभवहरुले आफूहरुलाई अगाडि बढ्न हौशला दिएको बताए ।
कञ्चनजंघा पोलिटेक्निकल इन्स्टिच्यूट,नेपालका अध्यक्ष निर्मल सिग्देलको अध्यक्षता र मीन राना एवम् अञ्जु क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।
- admin
- २०७४ चैत्र १५, बिहीबार ०५:१२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया