हामी मध्य कतिलाई नाच्ने गाउने लेख्ने पढने साहित्य रचना गर्ने लगायत विभिन्न काम गर्न रहर लाग्छ । रहर लाग्नु स्वभाविक हो । रहर भनेको जिज्ञासा हो । मानिसको मनमा जिज्ञासा नजागेसम्म केहीगर्न सकिदैन । हरेक काम गर्नका लगि मनमा रहर जाग्नु पर्दछ । रहर मानिसलाई उत्प्रेरित गर्ने एकप्रकारको उत्प्रेरक तत्व हो । हो यो तत्व हरेक मानिसमा हुनु पर्दछ । तर रहरका साथमा चाहिने भनेको कर्म हो ।
कर्म दुई प्रकारका हुन्छन् भनिन्छ । पहिलो हो कर्म जसलाई भाग्य भन्ने गर्दछन् । हरेक कुरा आफूले गर्ने नभइ कुनै अदृश्य शक्तिले गरिदिन्छ वा गर्न लगाउँछ भन्ने । अर्को शब्दमा कर्म भनेको काम हो जसलाई कार्य भनिन्छ । भाग्यको कुरा गर्दा यसमा विश्वास गर्नेहरुले जन्मेको छ दिनका दिन कुनै भाविले निधारमा जीवनभरका राम्रा नराम्रा कुरा लेखिदिन्छ भन्ने गर्दछन् । यसको वारेमा जानकार कोही छैन । यो कहावतको रुपमा भनिदैद र सुनिदै आएको कुरा मात्र हो । हामीले पनि सानै उमेर देखि यस्तै सुन्दै आएका छौं तर भन्दै आएका छैनौं । जुनकुरा दृश्यमा हुन्छ त्यही कुरा सत्य हो । अदृश्यका कुराहरु कति विश्वासका कुरा हुन् भने कति त भनिदै आएको र सुन्दै आएको हुनाले विना विश्लेषण होला भन्ने नै हो । कति ठीक कति वेठीक भन्ने कुरा तर्कका आधारमा गर्नु पर्दछ । विना तर्क मनगढन्ते ढंगबाट गरिएका कुरामा कुनै तुक हुँदैन । बाबुले श्राद्धमा विरालो बाँधेर श्राद्ध गरे जस्तै छोरा नातिले पनि विरालो बाँध्न खोज्नु जस्तै हो । विरालो बाँध्नका लागि पहिले किन कसरी ? भन्ने तर्क गर्ने हो भने यसको ताजा नतिजा पाउन सकिन्छ । हामी कति त विना विश्लेषण प्वाक्क बोल्ने र विना तर्क आफ्नो धारणा राख्ने गर्दछौं । यसकको परिणा भनेको कर्मको अर्थ भाग्य नै हुन्छ ।
जसले कर्मलाई पूर्ण रुपेण काम अथवा क्षमता वा केहीगर्न सक्ने क्षमतसंग जोड्नु हुन्छ हो उहाँहरुले तर्क गर्नु हुन्छ । दृश्यमा विश्वास गर्नु हुन्छ । आफ्नो क्षमता वृद्धिले समृद्धि प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्छ । रहर भाग्यले पुरा हुँदैन । भाग्यले पुरा हुन्छ भनेर बस्यो भने त्यसलाई कुनै बस्तु प्राप्त हुन्छ भन्ने कुरामा विश्वास लाग्र्दैन । यस्तो कँही हुन पनि हुँदैन । यो कुरा भ्रमको कुरा हो । भ्रमको खेतीगर्नेहरुले यस्ता कुरालाई बढावा दिन्छन् । यस्ता कुराहरु मानिसलाई अल्छि बनाउने कुरा मात्र हुन् । कर्ममा अर्थात भाग्यमा विश्वास गरेर बसियो भने त्यसको परिणाम भनेको शून्य हो । केही प्राप्तिका लागि केही कर्म अर्थात काम गरेकै हुनु पर्दछ । अहिलेसम्म विना काम कसैलाई केही प्राप्ति भएको छैन । यदी प्राप्त भएको छ भने केही न केही काम गरेर प्राप्त भएको छ । यस्तो कामले कसैलाई थोरै वा सानो कामले धेरै प्राप्त भएको होला, कसैलाई धेरै कामले थारै प्राप्ति भएको होला फरक यत्ति मात्र हो । तर भाग्यले दिन्छ भनेर बसेकाहरुले अहिलेसम्म विना कर्म अर्थात काम कसैलाई केही प्राप्त भएको कुनै रेकर्ड छैन । यही कर्मको कुरा गर्दा महाभारतको युद्ध हुँदा कृष्णले अर्जुनलाई कर्म गर फलको आशा नगर भनेका छन् । यसको अर्थ काम गरेर पनि फल नलाग्न सक्छ भन्ने हो तर काम नगरेर फल पाउँछु भन्नु व्यर्थ हो । व्यर्थको कुरामा किन समय खर्च गर्ने र व्यर्थको कुरामा किन दिल दिमाग लगाउने ?
कुनै कुराको रहर गर्नु एउटा कुरा हो । त्यसलाई पुरा गर्नका लागि कार्य गर्नु वा कर्म गर्नु दोश्रो कुरा हो । त्यही कार्य हाम्रालागि कुनै बस्तु प्राप्त गर्ने राम्रो माध्यम हो । यही कामको माध्यमलाई विश्वासमा राखेर केहीगर्न चाहने हो भने चाहेको सिद्धि वा वस्तु प्राप्त हुन सक्छ । यसकारण कर्मलाई रहरमा सिमित गर्ने नभइ प्राप्तिका लागि कार्यसंग जोडनु पर्दछ । कार्य विनाको कुनै बस्तु प्राप्त भयो भने त्यो शुभ हुँदैन । दीर्घ कालिन हुँदैन र टिकाउ पनि हुँदैन । कार्य विनाको बस्तुले मानिसमा मात लाग्छ । हामीले हाम्रो समाजमा कसै कसैलाई यस्तै मात लागेको देखेका र भोगेका छौं । यस्ता कुराहरु देख्नदा देख्दै र सुन्दा सुन्दै पनि किन हामी भाग्यमा लगेर सबै कुरा जोडने गर्दछौं ? यसरी भाग्यमा लगेर जोड्नु भनेको अज्ञानता हो ।
त्यसैलाई भ्रमको खेती भन्ने गरिन्छ । भ्रमको खेतीगर्नेहरुले अरुलाई विगार्नका लागि र अरुको अवनतिका लागि पनि यस्ता अनर्गल कुराहरुको प्रचार गरिरहेका हुन्छन् । हाम्रो समाजमा जानीबुझि समाजका अति सोझा वा अनपढहरु,केटौले पना भएका व्यक्तिहरुको मति भ्रष्ट पार्नका लागि यस्ता खालका भ्रमका कुरा गरेर पथभ्रष्ट बनाउने ध्याउन्नमा लागेका हुन्छन् । कतिपय मानिसहरु अरुको मतिभ्रष्ट भएको देखेर रमाउने पनि हुँदा रहेछन् । उनीहरुको दिल दिमाग यस्तै सोझा व्यक्तिहरुको मनमा अनावश्यक तरंग उठाउनतर्फ लागि रहेको हुन्छ । यस्तो भावना भएकाहरुलाई भ्रष्टआचरण भएको भनिन्छ । पहिले यस्ता आफैमा भ्रष्ट आचरण भएकाहरुलाई चिन्नु पर्दछ । उनीहरुको पेशा अरुको जीवन वर्वाद गर्ने ध्याउन्न मात्र रहेको हुन्छ । यस्ता पथ विचलितहरुलाई समयमा चिन्न नसक्नेहरु सधैभरी उनीहरुको मोह पासमा पर्दछन् अनि आफ्नो जीवन वर्वाद गर्छन ।
आफ्ना आमा बाबुबाट एकै किसिमको सम्पत्ति पाएकाहरु मध्यमा एउटाले राम्रो प्रगति गर्दै गएको हुन्छ । अर्कोले जीवन निकै मुस्किलले धानेको हुन्छ । किन यति फरक हुन्छ ? पहिलोलाई कर्म अर्थात कामका विश्वास लाग्छ अनि उ कामको पुजा गर्छ । दोश्रो कर्म अर्थात भाग्यमा विश्वास गर्छ अनि अनावश्यक जड बस्तुहरुको पूजागर्न तर्फ लाग्छ त्यसपछि आफूले धर्म गरेको भनेर सबै फल मिल्छ भन्ने ठानेर शारीरिक श्रमलाई त्यति विश्वास गर्दैन त्यसको परिणाम भनेको शून्य नै हो । उसलाई कर्मले जोडबल दिंदैन अनि उसको अवस्था सधै दैनीय रहन्छ । त्यसकारण रहरले मात्र हुँदैन कर्म चाहिन्छ भनेको यही हो । धन्यवाद !
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया