हाम्रो घरमा सानो छँदा धुमधामसँग मलाई तीज आएको सम्झना छैन । हाम्रा आठ भाइ बुवाहरूमा तीन भाइकामात्र सन्तान छौं । त्यसमा पनि हाम्रा घर त्यति नजिक थिएनन् । पहाडका गाउँमा लूठे पिङ, चर्खे पिङ नाच गान हुन्थ्यो । पञ्चमीका बिहान खोलामा नुहाउने मुठाका मुठा दतिवन टोक्ने र चौपारीमा सामुहिक पन्चमी गर्थे । पहाडमा हामीले बेलाबेलामा अँगारले दाँत माज्थ्यौं । आमा भाउजू दिदीहरूले दतिवन टोकेको,दाँत माझेको साँच्चै होइन नाटक हो भन्ने तराई झरेपछि अर्थ पाएको हो मैले । बितेका वर्षका लागि ३६५ पटक यौनाङ्ग धुने, त्यत्तिनै पटक माटो दलेर नुहाउने गरेपछि रजश्वला भएको पाप पखालिने कुरा आफैमा अनौठा व्यवहार हुन् । दैनिक सरसफाइ साबुन उपलब्ध नहुँदा खरानी, रिठो प्रयोग गरिन्थ्यो । पहाडतिर अँगारले दाँत माजे झैं तराइमा चाहिँ निम, अम्बा, साल, बाँस बज्रदन्ती आदिको दतिवनले दाँत माझ्ने चलन उहिलेदेखि रहेको थियो ।
महिलाहरूप्रतिको नियन्त्रण कार्य विश्वमा अनेक तरिकाले हुने गरेको पाइन्छ । उनीहरुलाई पुरुष अधिनस्थ बनाउन कतै खुट्टामा फलामका जुत्ता लगाएर, अनुहार देखाउन बन्देज लगाएर, कतै मताधिकारको भार घटाएर वा प्रतिबन्ध लगाएर कतै भगछेदन गरेर बसमा राख्न किन पर्याे ? समाज विकासको कुन चरणमा यसो गर्न आवश्यकता पर्याे र लागू गरियो ? यस्ता हाम्रा विगत कतै कडा थिए भने कतै खुकुला पनि थिए । हामी वैदिक तथा खस–आर्यहरूको तीज महिलाको एकखाले स्वतन्त्रता दिवस जस्तो पनि लाग्ने, वर्षभरि मनमा लागेको पीरमर्का गीतको माध्यमबाट भन्न छुट भएको गाईजात्रा जस्तो पनि लाग्ने यो पर्वलाई सामाजिक रूपमा अनेक आयाममा हेरिएको हुन्छ ।
त्यसमा पनि आर्यहरू खासगरी वैदिक आर्यहरूले अझ तिनका गुरु ऋषिहरूले महिलाहरूलाई युद्धमा हारेका युद्धबन्दीको व्यवहार किन गरे, कसको इशारामा गरे ! किन अहिलेका ठालूले आफूले गरेका अपराध सके दबाउने, कानूनका फन्दाबाट छुट्न अर्कैलाई दोषी साबित गरी परिबन्धमा जेल जान (सजायँ भोग्न) पर्ने ढङ्गको देवराज इन्द्रले वित्रासूरलाई मारेको ब्रह्म हत्याको पाप निर्दाेष प्रकृति (नदीको मूल, पर्वत, आगोको ज्वाला) र महिलामाथि थोपर्ने काम गरे । यसो गर्नु अनैतिक र अन्याय होइन भन्न औचित्य पुष्टिहुने आधार के छन ? हाम्रा ज्ञानी पण्डित ऋषिहरू किन महिला र पुरूषप्रति समदर्शी हुन सकेनन ? किन विभेदकारी पुराण रचना गरे । आफ्नै आमा दिदीबहिनी छोरीहरूलार्इ चाण्डाल्नी, ब्रह्मघातिनी र धोबिनी किन भने होलान ?
हामी अनुमान गर्न सक्छांै राजाको दरबारमा राजाकै खान्कीमा पालित पोषित ऋषिमुनीहरूले बहुविवाह र दर्जनौ रानी पटरानी भित्रेनी राख्ने र तिनलाई तह लगाउने शास्त्र रचना गर्न बाध्य त भएनन्, हाम्रा बडेबडे पुराणका रचनाकार ऋषिवरहरू !
हिजो राजाको आदेशले तिनै कथानक कथ्यहरू कानून बने । यसमा अन्तर्निहित रहेको विभेद र काखापाखाको क्रमशःसंस्कार र संस्कृति बनेकोे देखिन्छ ।
भूँई फेरिए आकास फेरिन्छ । वर्ष दिनमा माइत जाने र दुखेसो पोख्ने परिवेश सय वर्ष अघि र आज उस्तै रहेन । बाटो, यातायात, संचारले फेरेको छ । नेपालकै कुरा गर्दा मताधिकार नहुँदाको अवस्थाबाट जनप्रतिनिधित्वमा विकास हँुदै गरेको छ । यो अहिलेको विश्वजगत, मानवअधिकार महिला जागरण अधिकार प्राप्तिका आन्दोलनले ल्याएको उपलब्धि हो ।
समयले सोंच बदल्न केही छिटो भएपनि संस्कार बदल्ने विचार मन्थनले हो । वस्तुनिष्ट भएर गरिने अथक प्रयास चाहिन्छ यसमा । वर्तमानलाई आन्दोलनले जित्न सकिन्छ । विगत् अर्थात् परम्परादेखिको संस्कारको रूपमा ग्रहण गरेको विभेद स्वीकृतिको ग्रन्थीलाई सडक आन्दोलनले मेटिदैन । आत्मीक संघर्षबाट वैचारिक आन्दोलनले मात्र यसलाई रूपान्तरण गर्न सक्छ । आज कुनै महिलालाई “चाण्डाल्नी“ भनेर सम्बोधन गरियो भने गाली गरेको बुझिन्छ । मानहानी गरेको बात लाग्छ ।
ऋषिपञ्चमीका दिन आफूलाई “चाण्डाल्नी“ स्वीकार्न व्रत बसेर आफूले नगरेको पाप पखाल्न ऋषिहरूसँग माफ माग्न भने सहज ठानेको पाइन्छ । पढालेखा महिलेहरूले पनि आफूलाई “चाण्डाल्नी“ स्वीकारी यसलाई सभ्यता पतिब्रता,धर्म संस्कृतिको व्याख्या गरेको प्रशस्त पढ्न पाइन्छ । बरू यो तीज भडकिलो भएको, हुने नहुनेको अन्तर देखिएको, तीजको मौलिक भाका हराउँदै गएको, अश्लीलता मिश्रित भिडियो छायाङ्कन प्रसारण भएको जस्ता बोक्रामा मात्र चिन्ता गरेको देखिन्छ । महिला अधिकारवादी तथा महिलावादी हांैै भन्नेले समेत देख्ने यौन शोषण हो । यौन हिंसा हो, लिङ्गीय भेदसम्मलाई अनौठो तरिकाले अनदेखा गरेको पाइन्छ । ंसंस्कारमा रहेको विभेदलाई वृहत् अध्ययन वैचारिक बहसबाट मात्र परिवर्तन गर्न सकिन्छ । थोपरिएको दासत्वलाई अपरिवर्तनीय बनाइ रहनेहरू हजारौ वर्षदेखिका दस्तावेज पूरक कथाहरू, व्यख्याताहरू सजधजकासाथ पूर्णकालीन भएर लागेका छन । दानदातव्यले जीविका चलाइ रहेका छन ।
वैचारिक रूपमा, तार्किक रूपमा कलात्मक रूपमा मन जित्ने विधिबाट अघिजाने आँटन हुनेहरू किन आँखी हुने, गरेजस्तो गरे भइहाल्यो भन्ने एउटा पङ्ति पनि समाजमा छ ।
यसपटकको तीज सङ्क्षिप्त खाले र भर्चुअल रह्यो । लकडाउनलाई जीवन रक्षाभन्दा तीज रोक्न भन्ने गरेको झिनो नकारात्मक आवाज तीजका दिनसम्म मत्थर भइसकेको थियो । स्थानीय रूपमा अधिकांश ठाउँमा बन्दाबन्दी भयो । आफ्ना घरबाहेक युटुव र सामाजिक संजालमा मनाउनु पर्याे तीज । तीज र यससँग जोडिएको ऋषिपञ्चमिका विषयमा नयाँ सोंच केही महिला दिदीबहिनीहरूले प्रकट गरेको पाइयो ः देवी वाग्ले भन्नु हुन्छ “महिनावारी पवित्रताको प्रतीक हो । जहाँ पवित्र आत्माले बास बस्ने पवित्र स्थानरुपी सुन्दर शरीर पाउँछ । परिपक्व भएपछि यो संसार टेकेर सुन्दर जीवन पाउने मानिस पवित्र !
त्यहि महिनावारी हुँदा म अपवित्र कसरी ?
कुन पाप पखाल्नु मैले आज ?
आउ चेली सचेत होऔं महिनावारीप्रति गर्व गरौं,
पाप पखाल्न पूजा होईन
मर्यादित र सुरक्षित बनाउनतिर लागौं..“ यस्तै मिल्दो जुल्दो धारणा लक्ष्मी के सी जीको रहेको छ । उहाँभन्नु हुन्छ ः “रजस्वला महिलाहरुको नियमित प्रक्रिया हो ! अछुत होइन !
३६५ पटक नुहाएर ,दत्तिवन चपाएर दात धोएर पाप पखालिन्छ भन्ने रीति नै महापाप हो । यसको कुनै वैज्ञानिकता छैन । संस्कृतिको नाममा हुने हिंसाहरुको अन्त्य गर्न जरुरी छ ।
राम्रो संस्कृतिको जगेर्ना गरौ
छाउ गोठमुक्त नेपाल घोषणा गरांै
महिनावारी अछुत होइन ,गर्व गरौ “
सोंच बदल्ने आह्वान महिला स्वयमले गर्नु बहसको जीवन्त थालनी हो । आफ्नै कर्म खोटो भएको, भाग्य दोषी भएको भन्दै सासुससुरा नन्द अमाजुप्रतिको गुनासो गर्न जति छुट पाए पनि पञ्चमीमा डामेर “चाण्डाल्नी“मा सहिछाप गराएर ढुक्क हुने दिन सकिदैछन भन्ने विचारका झिल्काहरूले मानव अधिकारयुक्त नयाँ परिमार्जित पुराण लेख्न संकेत गरेका छन् । सनातन आर्य समुदायलाई पुरातन विभेदकारी प्रचलन फेर ! युगीन ढंगले परिवर्तित समाजलाई हेर ! भन्ने ईशारा गरेको हो । महिला र रजस्वला पाप होइन गौरव भएको एलान गरिएको बढो सुन्दर ढंगले आफ्नो लघु कविता मुक्तकमा पञ्चमी पूजा लगाउने परम्परालाई गलत संस्कार भन्ने किटान गर्नु भएको छ । उहाँको यो भनाइलाई अत्यधिक महिलाहरूले समर्थन गरेका छन् । एकआध बाहेक पुरूषहरूको समर्थन देखिन्छ । मुक्तककार उहाँ मीना चौलागाई भन्नु हुन्छ “महिला हुनुमा गर्व गर्छु जिन्दगी बोझ ठान्दिनँ म
महिनावारी पहिचान हो यसलाई पाप मान्दिन म
पाप कटाउन पञ्चमी पूजा लगाउने परम्परालाई
गलत संस्कार नाम दिन्छु पाप,धर्म जान्दिनँ म !
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया