सरला गाहालाई साहित्यकार र शिक्षक भनेर चिन्दछु । हालसम्म उनीसँग मेरो प्रत्यक्ष दोहोरो सम्वाद हुन सकेको छैन । कहिलेकाँही बुटवलका साहित्यिक कार्यक्रमहरुमा सम्वादहीन अक्कलझुक्कल भेटघाट हुने गर्छ । गत शनिवार उनीसँग मेसेन्जरमा कुराकानी हुने अवसर मिल्यो । मैले दिदीलाई दीप आवासीय माविमा पढाउने शिक्षक र साहित्यकार भनेर चिन्दछु भनें । मलाई साहित्यकार भनेर चिन्दछु भनिन् । मैले चित्रकार सुमित्रा रानाका बारेमा लेखेका स्टोरीहरु पठाइदिएँ उनकै मेसेन्जरमा । सुमित्रा सहपाठी रहेछिन् सरला दिदीका ।
मेसेन्जरमा दिदीले मलाई आफूद्वारा रचित गीत पठाइन् । मैले खुब ध्यान दिएर सुनें । त्यो गीतको म्यूजिक भिडियो समेत बनेको रहेछ । रुपा रौतार मुख्य पात्र रहेछिन् । सो भिडियोमा उनकी आमा,दीप स्कूलका प्रिन्सिपल,बागेश्वरी संगीतालयका सुरेश सर र अन्य कलाकारहरुले भूमिका निर्वाह गरेका रहेछन् ।
सरलाले आफ्नै विद्यार्थी रुपा रौतार जीवनकथामा आधारित लेख्दैछु म… गीत लेखेकी रहेछिन् । सो गीतको संगीत संयोजन तथा संगीतकारका रुपमा बागेश्वरी संगीतालयका सुरेश सेन्चुरी थिए । गीत रुपाले नै गायकी रहेछिन् ।
गजल सागर,नेपालका केन्द्रीय अध्यक्ष मीन रानाका अनुसार सरला गाहा मगरका गजलहरु सरल र मिठासपूर्ण छन् । सरलाले गजल सम्बन्धी केही अडियो रेकर्डिङ्ग समेत गरेकी छन् ।
लेख्दैछु म आफ्नै कहानी
कल्पनामा भुलेको सुन्दर विहानी
सानैमा घरमाथिको विजुलीको तारमा दुर्घटना भई दुबै हात गुमाएकी रुपा रौतारको गायन कला तिखारिदै गएको छ । उनको प्रतिभाले बजार लिदैछ । रुपालाई धेरैले गायन क्षेत्रको कलाकार भनेर चिन्दछन् । उनको जीवन कथालाई मार्मिक तरिकाले सरल भावमा सरला गाहा दिदीले भावनात्मक गीत लेखेकी छन् । कल्पनामा डुबेर लेखिएको गीतले रुपा जस्ता अपाङ्गताभित्रका सशक्त व्यक्तित्वहरुलाई सबैका सामू चिनाउन मद्दत गर्नेछ । उनले सुन्दर अक्षर लेख्छिन् खुट्टाले । आफ्ना दैनिकी निर्वाह गरेकी छन् । केही कुरामा आमाको सहारा लिनुपर्ने हुन्छ ।
वनकी चरी आकासमा उड्ने चाहना
देखेर बहकिन्छ यी मनका भावना
हर मानिसका आफ्नै सपना हुन्छन् तर समयले सपनाको दूरीलाई नाप्ने गर्छ । रुपालाई पनि वनकी चरी जस्तै आकासमा उडेर कावा खाने मन नभएको होइन तरपनि उनलाई हात नहुँदैमा मन बहकाएर बस्नुपर्ने बाध्यता छैन । बागेश्वरी संगीतालय र दीप स्कूलले निःशुल्क संगीत र शिक्षा दिने प्रतिवद्धता जनाइ सकेका छन् । मनका भित्री भावनालाई गायनका मार्फत संसार उडान भर्न सक्नेछिन् रुपा ।
सक्थें हुँला पूरा गर्न भए अरु जस्तै
दैवले पा¥यो भोग्न जीवन मलाई यस्तै
हो ! हातहरु नहुँदा अप्ठ्यारा भएका छन् रुपालाई । तर उनले दैवलाई दोष दिएर कमजोर बनाउनुको साटो दैनिक रुपमा भोकल रियाज गर्दै आफूलाई प्रखर गायिकाका रुपमा दुनियाँका अघि दर्ज गर्नुपर्छ । ताकि गाएरै म मेरो जीवनलाई सुखमय बनाउने छु भन्ने हिम्मत गर्न सक्नुपर्छ । त्यसका लागि गायनमा लगाव र अभ्यासको खाँचो पर्नेछ ।
पीडा छाइ दिन्छ त्यसै, त्यसै मनभरि
साउने झरि झैं नयन वर्षिन्छ घरिघरि
मान्छेको मन न हो । कहिले कोशी जस्तै गहिरो भईदिन्छ पीडाले । कहिले खुसी जस्तै कर्णाली हुन्छ मन । जीवनको गोरेटोमा यी र यस्तै हुन्छ मन तर हार मानेर साउने भेल आँखामा उर्लाउनु हुँदैन सधैं । सुख र खुसीका लागि गायनमार्फत रुपाले संसार जित्ने अभियानमा पाइला चालेकी छन् । गायन यात्रामा उनलाई खुसीका पलहरुले स्वागत र सम्मान गर्नुपर्छ । यो नै रुपाको रस हो । उनको हात फेर्ने सपना छिट्टै पुरा गर्न आँसुको भेलमा बगेर होइन, आँटको हिमाल चढेर सक्नेछिन् ।
सहानुभूति देखाउँछन् सबल हुनेहरु मलाई
नियतिले ठगिएको यो मनलाई जलाई
माया,ममता,स्नेह र सहानुभूतिले मान्छेलाई उकालो लगाउँछ जीवनमा तर निश्चित समयसम्म मात्र । सबलहरुले दुर्वलहरुलाई गर्ने वा हेप्ने प्रवृत्तिले जीवनलाई कष्टकर बनाउँछ । समय बलबान हुने गर्छ । सवलहरु नि कुनै दिन नियतिले ठगिएमा दुर्बल बन्नेछन् । दुर्वलहरु उचित माया,सहानुभूतिले सगरमाथालाई सहजै स्पर्श गर्न सक्ने छन् । हाम्रा लागि रुपा गायनको सगरमाथा आरोहण गर्ने साहसिक यात्री हुन् भने सरला गाहा सगरमाथा चढाउन हिडेकी पथप्रदर्शक हुन् ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया