अधिकांशले हिन्दु धर्म मान्छन । इसाई धर्मवलम्वी पनि छन। यहाँका विशेष गरि हिन्दु धर्मावलम्बीले दशै,तिहार,तिज, साउने सक्रान्ति,माघे सक्रान्ति,शिव रात्री , जनै पुर्णिामा, न्वागि धुमधामसंग मनाउँछन भने ईसाइ धर्मावलम्बीलेले क्रिसमस डे मनाउँछन। यहाँ दशैको अष्टमीको राति मुहान टोलको देविको मन्दिर, मुडिलाको दुर्गाको मन्दिरमा रातभर जागराम बसि रातभरि ठुलो नाच ,सोरठि नाच नाच्ने र विहान रांगो वलि दिने गरिन्छ। श्री पञ्चमीको दिन कठहरा टोलमा रहेको गणेश मन्दिरमा पूजापाठ र भजनकिर्तन गरिन्छ। यहाँ प्रशस्त मात्रामा धान , मकै , गहुँ , तोरि ,कोदो लगायतका खाद्यान्न बालि उत्पादन हुने गरेको छन् । यहाँका किसानले कुनै पनि रासायनिक मलको प्रयोग गर्ने गरेका छैनन। उत्पादित खाद्यान्न ले लगभग ९ /१० महिना खान पुग्छ। अझैसम्म गतिलो सिचाई सुविधा पुगेको छैन । कचलफाँट सिंचाई अायोजना निर्माणाधीन अबस्थामा रहेको छ।

यदि सिचाईको राम्रो व्यबस्था भएमा बाह्रै महिना तरकारी खेती तथा अन्य खाद्यान्न प्रशस्तै उत्पादन गर्न सकिने किसानहरु बताउँछन। नजिकै कृषि तथा पशु सेवा सम्बन्धि कार्यालय नहुदा बेलाबेलामा लाग्ने बिभिन्न रोगब्याधिले प्रशस्त मात्रामा कृषि उत्पादन गर्न नसकिएको साथै पालेका बस्तुभाउ मर्ने गरेको स्थानीयको गुनासो छ।
यस फाँटको अाँपटोलमा स्वास्थ्य चौकी, वडा कार्यालय , अतिरिक्त हुलाक कार्यालय रहेका छन्।स्वास्थ्य चौकीमा चौविसैघण्टा प्रसुति सेवाको व्यबस्था छ तर स्वास्थ्य चौकिको स्तरोन्नति नहुँदा टाईफाइड जस्ता बिरामी हुँदा बुटवल ,तानसेन उपचार गर्न जानुपर्ने बाध्यता छ । गाउँमा युवा वर्ष माध्यमिक विद्यालय छ । जहाँ कक्षा १२ सम्म पढाई हुनेगरेको छ भने करिब ४०० विद्यार्थी अध्ययनरत छन।
यहाँ लचका सल्लेरि,बनघुस्रि,पिपलेचुहार र खाेर्तिबाङ्ग पाखो सामुदायि वनहरु छन । प्रगतिशिल युवा क्लव मुडिला, कचलफाँट युवा क्लव , विभिन्न वाल क्लबहरु र अामा समुहहरु रहेका छन ।
बोक्सेखोला लघु जलविद्युतबाट करिब १३५ घरधुरि लाभान्वित भएता पनि बाँकीले सौर्य उर्जाबाट बत्ति बाल्ने गरेका छन । केन्द्रीय बिद्धुत भएमा ससाना उद्योग खोल्न सकिने तथा ब्यापार ब्यबसायमा समेत सजिलो हुने बताउँछन ।
कचल र मातृभूमि सहकारी गरि २ वटा सहकारीहरु संचालनमा भएता पनि सहकारी बचत र ऋण प्रवाहमा मात्र जोड दिएको किसानलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुमा खासै जोड नदिएको स्थानीयहरुको गुनासो रहेको छ ।
प्रशस्त सम्भावना भएर पनि पछाडि परेको यस ठाउँको विकासका लागि बार्है महिना चल्ने मोटर बाटो, व्याबसायमुखी कृषिमा जोड,कृषि तथा पशु सेवा केन्द्र को व्यवस्था ,सिचाईको ब्यवस्था, उत्पादित सामग्रीको बजार व्यवस्थापन सहकारी लगायत स्थानीय निकायले पहल गर्नुपर्ने, यथासिघ्र केन्द्रीय बिद्युत बिस्तार ,स्वास्थ्य चौकीको स्तरोन्नतिमा पहल गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया