प्रकृतिले त दिएकै हो । पाल्पा–श्रीनगर ! जीनिस पाएर मात्र के गर्नु ? सोमर्न नजानेसी । रुप लिएर मात्र के गर्नु ? सिँङ्गार्न नजानेसी । त्यत्तिकै राखेर न भोगचलनको तिर्सना मेटिने, न रुपौलो सुन्दरताको रसपान गर्न पाइने ? शिर्जनसिल सोँच र मेहनतकस कर्मीहरुको पाइला र पहुँच नपुग्यासी जस्ता को तस्तै रहनुको नरमाइलो बिडम्बना ! छेउकुना, अन्तरकुन्तरको भट्टि र चिया दोकानको ओसिलो मचानमा बसेर उखरमाउलो फतुरो लाउनेको कमी रहेन । यसो ध्यानदृष्टि लाउँदा केवल हिम्मत र जाँगर चलाउने नाइकेको अनिकाल परेको पो हो की भन्ने लाग्छ ।
सिँङ्गारिन बाँकि सुकोमल, चन्चल र उत्ताउली सिलित्त परेकी बारुली कम्मर मर्काउँदै ठिङ्ग उभिएकी पर्वतीय राजकुमारी पाल्पा–श्रीनगर । उतिबेला कस्ति थिइन् कुन्नी ! बिरसिलो सही, थोरै भएनी साउनको हरियो पोते र चुराले सिँङ्गारिने अवसर पाइन् । कसैको जुक्तिले इत्ति भएनी एकफेरा चिरिच्याँट्ट पर्ने जमर्को गरिन् । तर के गर्नु, नजान्नेले सिँङ्गारपटार गरेझैं गालामा दल्ने लाली कन्चटसम्मै पु¥याउँदा । ओंठमा दल्ने लिपिष्टिक च्यापुसम्मै झार्दा । खुट्टामा लाउने एँडीवाला चप्पलले फिस्लिङ खाँदा । ऐनमौकामा ओड्ने मखमली खास्टो चिसो सिरेटोले झिलापत्रै पा¥यो । चम्काउली नयनमा घस्ने गाजलले आँखै छोप्यो । र पनि, बान्की परेको चिरिच्याँट्ट पर्वतीय राजकुमारी श्रीनगरले धैर्य गुमाएकी छैनन् अझै ।
कस्तो मिलेको ? तल, तिलौराकोट दरबार पूर्व भगवान बुद्धको जन्मभूमी लुम्बीनि । दुरीको हिसावले भैरुपाबाट यस्तै अठार बिस किलोमिटर पश्चिम । यही चौबाटोबाट सिधा उत्तर बटौली आइपुग्न त्यस्तै बिस–बाइस किलोमिटर, जँहा कर्णेल उजीरसिंले अँगे्रज गोरासँग युद्ध लडी जितेको बटौली जीतगढि । यो ठाँउ आफैमा ऐतिहाँसिक छँदैछ । कुनैबेला बटौली यो भेगकै निक्कै महत्वको बजार र सामरिक महत्वको नाका मानिन्थ्यो । एकातर्फ तिनाउ नदी किनारमा अवस्थित बटौली, कुनैबेला दिल्ली र लखनउका नवाफ र रीडि, बागलुङ, बेनी, थाक्खोला, मुस्ताङ, लोमन्थाङ हुँदै ल्हासा भोटाङका राजाहरु बिच हुने व्यापारिक मार्गमा पर्ने सामरिक महत्वको स्थान मानिन्थ्यो । अर्कोतिर रीडि पनि पाल्पा, भीरकोट, गुल्मी, मुसिकोट, अर्घा र खाँची राज्यका जनताका किनमेल गर्ने अर्को व्यापारिक नाका एवँ धार्मिक क्षेत्र थियो ।
इतिहाँसको कालखण्डमा अति महत्वको पाल्पा जँहा शक्तिशाली सेनबँशि राजाले कैयौं बर्ष राजकाज चलाए । राजा पृथ्वीको मावली राज्य, उनी र उनका सन्ततीले पनि सित्तिमित्ति आक्रमण गर्ने चेष्टा र हैसियत राखेनन् । दक्षिणतिर हिन्दुस्तानमा बेलायतले राज चलाउँदा नाफा–घाटाको व्यापारिक सिद्धान्त लगायो । अनि पो दार्जिलिङ बन्यो । नैनीताल बन्यो । सिम्ला बन्यो । देहरादुन बन्यो । काश्मीर बन्यो । तर, हाम्रो श्रीनगर विणाको वास्नामा भौंतारिएको चन्चले कस्तुरी मृग झैं रनभुल्ल पर्नु परेको छ ।
प्रकृतिको बरदान यो जो श्रीनगर, यसको सिङ्गारपटार गर्ने कस्ले ? न टेक्नोके्रटले गर्ला, न व्युरोके्रटले । न राजनेताले गर्ला, न खलनायकले । जबसम्म व्यापारिक सोंच राख्ने महत्वाकाङ्क्षी राजनेतृत्वले मिहिन ढङ्गले पर्गेल्दै मथिङ्गल नदुखाउला तवसम्म यो श्रीनगर साँच्चिकै श्रीनगर हुने छाँटछन्द देखिन्न । हुन पनि दुइचार बर्षमा हुने कामै होइन यो । यसो भन्दा मेलम्ची खाानेपानी झैं लम्बेतान पनि लाग्न सक्छ । यथार्थमा, यसलाई फरक ढङ्गबाट हेर्ने, बिचार्ने, पहिचान गर्ने, बहस पैरवी गर्ने, दीर्घकालिन योजनाको खाका कोर्ने, जस–अपजसको नेतृत्व लिने र सारमा यसैमा लीन नहुँदासम्म गँजेडी गफै मात्र हुन के बेर ! हो, उसो भए यो श्रीनगर कस्तो बन्नु पर्ने त ? दुनियाभरका पाहुनाहरुलाई आकर्षण गर्न श्रीनगर कस्तो हुनु पर्ने त ? यी र यस्ता अरु थुप्रै जिज्ञासाहरुको खोजि हुन सक्छन् । मानव सिर्जनाका शिप र परम्परागत तथा आधुनिक प्रविधिको अधिकतम इस्तमाल गर्दै यो पुस्ताले आफ्नो पौरख उजिल्याउन सक्दा श्रीनगर साँच्चिकै श्रीनगर नहोला भन्न सकिन्न । कठैबरा, गफैले हुनेभए यतिबेला धेरै भैसक्थ्यो होला ।
आज श्रीनगरका बिरसिला बनजङ्गल, भिरपाखाहरु सामुदायिक बनमा रुपान्तरण भएर ठिङ्गिएको छ । साँच्चिकै पर्यटकिय सुन्दर तपोबनको रुपमा सिर्जना गर्ने हो भने यीन्लाई एकत्रित गरी श्रीनगर बिकास माष्टर प्लानमा लैजानु पर्छ । त्यत्तिकै मानिसहरु पाल्पा श्रीनगरमा घुम्न, बस्न आउँदैनन् । यँहा आएर रमाउने ठाँउको कमी भयो । प्रकृतिसँग नजिक बसेर आफुलाई हराउन मन पराउने स्थानको कमी भयो । सुन्दर बागबगिचामा रमाउने र टहल्ने मनमोहक भूमीको अभाव रह्यो । बिद्यार्थीहरुलाई सिक्ने ठाँउ भएन । प्राज्ञिकहरुलाई सुस्ताउने स्थान मिलेन । युवाहरुलाई यसो टहल्ने सुन्दर शान्त एवँ मनोरम थुम्का, पाखापखेरा पुगेन । बालबालिकालाई रमाउने ठाँउको कमी भयो । थकित मान्यजन प्रौढहरुलाई सुस्ताउने गुल्जार बगैचा रहेन । प्रकृतिसँग साँखुल्यै भएर मनोरन्जनको स्वाद लिने पर्यटकहरुलाई घुम्ने, देख्ने, सिक्ने र रमाउने सिर्जनाको कमी रह्यो । थरिथरीका चराचुरुङ्गीहरुका चिरबिर आवाज र किसिम किसिमका किटपतङ्गहरुको झन्कारले तरङ्ग ल्याउने बनपाखा भएन । विविधखाले बन र बनस्पति अभावले आकाश–गङ्गाबाट बर्षिने पानी धर्तिभित्र पसेर मुहान रसाएन । तसर्थ, यँहा यस्तै विविधताले भरिपूर्ण सिर्जनाका परिकार पस्किन सक्नुपर्छ, जसले सबै तप्काका मानिसहरुलाई आकर्षित गर्न सकोस् । र्फिर्कंदा फुरुङ्ग मन लिएर फर्कन पाइयोस् ।
एकातर्फ भौगोलिक स्वरुप र हावापानी सुहाउँदो बोटानिकल गार्डेन होस् । जँहा सयौं, हजारौं किसिमका बनस्पतिहरु एकापसमा अँकमाल गर्दै झुलिरहुन् । अर्कोतर्फ जुलोजिकल गार्डेन रहोस् । जँहा दर्जनौ प्रकारका साना तथा मझौला प्रकृतिका जङ्गली जन्तु जनावरहरु खुशिले बुर्कुसी मार्दै उफ्रिरहुन् । यीनका साथमा सयौं जातका चराचुरुङ्गी र सयौं किसिमका किटपतङ्गहरुको झन्कार गुन्जिरहोस् । ठाँउ–ठाँउमा यीनलाई तिर्खा मेट्न चाहिने पानीका कुवा, पँधेरा तथा पोखरीहरु रहुन् । बोटानिकल होस् वा जुलोजिकल, किसिम किसिमका बनस्पतिहरु हुर्किउन् । ताकी मौषम र रीतु अनुसार मनै लोभ्याउने रङ्गिबिरङ्गी फूलहरु फुलुन् । फूलमा पुतली, मौरी, भँवरा र अन्य बिभिन्न किटपतङ्गहरु झुम्मिउन् ।
यत्तिले मात्र कँहा पुग्नु र ! नानीहरु रमाउने चिल्ड्रन पार्क, सबैले भाका फेर्दै सुस्ताउने पिकनिक स्थल, युवायुवतिले माँया साट्ने हेङ्गिङ गार्डेन र कलाकारले रमाउने बागबगिचा सहितको सुन्दर श्रीनगरको सिर्जनाले कस्को मन् नहर्ला र ? अनि पो वरपर, तलमाथी, दाँयाबाँया बास बिसाउनी होटल, कटेज, लज, रेष्टुरेन्ट, सोभेनियर पसल आदि फस्टाउलान् । लुम्बीनि घुमेर नअघाएका मन लिएर बिसाइ मार्न उक्लिने नजिकको पहाडकी रानी सुन्दर नगरी भनेकै यही श्रीनगर त हो नी ।
यतिबेला यँहा जे छ, सल्लाघारीको बनजङ्गल, छेउकुनामा बनेका केही दर्जन होटल, लज, कटेज भनेर मात्र कोही आउने छाँटछन्द देखिन्न । श्रीनगर, साँच्चिकै पाल्पाली राजकुमारी श्रीनगर बनाउन क्यै नभाको एक जुग त अवश्यै लाग्ला । जति लागोस्, सुन्दर एवँ रुपसी श्रीनगरको सिर्जनाले नँया पुस्तालाई सताव्दिऔं धान्ने सन्जिवनी बुटी हुने कुरामा कवै बिमति नहोला । तर, “लौन अब त केही गरौं” ।
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया